नेपालगन्ज/ बाँकेको राँझा नेपालगजं सडक खण्डको राँझादेखी जमुनाहा सम्म अधिकांस ठाउँमा विच सडकमै कालोपत्रे उप्किएर खाल्डै–खाल्डोमा परिणत भएको छ ।
सडकमा भएका ठुल्ठुला खाल्डोका कारण दिनहुँ जसो दुर्घटना हुने गरेका छन । नेपालगन्ज उपमहानगरपालिकाको मुख्य सडक भएका कारण दिनहुँ कुरुप बन्दै जादाँ स्थानिय चिन्तित बनेका छन् ।
नेपालगन्ज जुमनाहा सडकमा करिव एक दर्जन बढि ठाउँमा खाल्डा रहेका छन । सडकको विच विचमा खाल्डै खाल्डो भएको कारण रिक्सा चलाउन समेत असहज भएको नेपालगन्ज बसपार्क निवासी हितुराज विष्टले बताए ।
रिक्सा चलाउँदा खाल्डोमा परेर धेरै झुक्किएर आफु दुर्घटनामा बारम्बार पर्ने र रिक्सामा समेत क्षति हुने गरेको बिष्टले बताए । नेपालगन्ज सडकको विचमा परेका खाल्डोहरुको कारण रिक्सा चालक मात्र नभई मोटरसाईकल, गाडी चालकहरु पनि दुर्घटनामा पर्ने गरेका छन ।
राँझादेखी जमुनाहा सम्मको १०.५० किलोमिटर खण्ड निर्माण गर्न ठेकेदार एमआर पप्पु जेभी कम्पनी र राँझादेखी कोहलपुरसम्मको बाँकी खण्ड ‘आईसिपी कन्ट्रयाक्टर–२’ अन्तर्गत ठेक्का कालिका कन्ट्रक्सन कम्पनीले पाएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका प्रमुख हिरेन्द्र रोकायका अनुसार, गाडीहरु निश्चित गतिमा गईरहेको बेला विचमा खाल्डोको कारण अचानक गति कम गर्न नसक्दा सवारी दुर्घटनामा पर्न गरेको बताए ।
उपमहानगरपालिकाले नगर भित्र रहेका सडक मर्मतको लागि रिपेयर युनिट गठन गरि जिम्मेवारी दिने उपमेयर थापाले जानकारी दिए । तत्काल रिपेयर युनिट गठन नभएको खण्डमा ग्राभिल हालेर खाल्डा खुल्डी पुर्ने कार्य गरिरहेको उपमेयर थापाले बताईन ।
यस्तै सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख अर्जुनकुमार बमले सडकमा खाल्डा खुल्डीको विषयमा बुझन जाँदा आफुसंग समय नभएको बताए । प्रमुख बलमे खाली बसेपनि आफुसंग एक मिनेट क्यामरामा बोल्ने फुर्सद नभएको बताए ।









प्रतिक्रिया दिनुहोस्