कोहलपुर/ जिल्ला मालपोत कार्यालय बाँकेमा सहज र सरल तरिकाले सेवा पाउन नसकेको सेवाग्राहीहरुको गुनासो रहेको छ । सामान्य कामका लागी पनि घण्टौ सम्म पर्खनुपर्ने बाध्यता मालपोतमा अझै नहटेको उनिहरुले बताए ।
मालपोतमा हिजो आज शक्तिको भरमा काम हुने गरेको उनीहरुको गुनासो छ । मालपोतका कर्मचारीहरुलाई घुस दिन सके काम तुरुन्तै हुने र घुस दिन नसके काम नबन्ने उनिहरुले बताए ।
एकातिर जनशक्ति अभाव र पैसाको चलखेलमा काम हुने गरेको सेवाग्राहीहरु बताउछन । काम छिटो छरितो गराउनको लागि सेवाग्राही आवश्यक्ता भन्दा बढि रकम तिर्न बाध्य छन् । सर्वसाधारणको तुलनामा पहुँच भएका ब्यक्तिहरुले छिटोछरितो सेवा पाउने गरेको एक सेवाग्राहीले बताए ।
कर्मचारीहरुले सरकारले लागु गरेको सेवा प्रणालीको कुनै कदरनै नगरेर आफ्नो अनुकुल काम गर्ने गरेको मालपोतमा आएका हरेक सेवाग्राहीको गुनासो रहेको थियो ।
त्यस्तै अर्का सेवाग्राही गिरिजा प्रसाद पाठकले सेवा प्रणाली राम्रो भए पनि कर्मचारीहरुले त्यसको कार्यान्वन नगर्दा र जिम्मेवारी नबन्दा सर्वसाधारणले दुख पाउने गरेको बताउनुभयो ।
पहुँच भएका ब्यक्तिको काम छिटो तर पहुँच नभएका ब्यक्तिको काममा वास्ता नगर्ने तथा काममा महिनौँ लगाइदिने सेवाग्राहीको गुनासो रहेको छ ।









प्रतिक्रिया दिनुहोस्