कृषि क्षेत्रमा सम्वृद्ध प्रदेश बनाउने कृषिमन्त्री पौडेलको प्रतिवद्धता



दाङ/  प्रदेश नम्बर ५ का कृषि, भुमि, व्यवस्था तथा सहकारीमन्त्री आरती पौडेलले प्रदेश नम्बर ५ लाई कृषि क्षेत्रमा सम्वृद्ध प्रतिवद्धता जानएकी छिन् ।

दाङको देउखुरीस्थित राप्ती गाउँपालिका र लमही नगरपालिकामा रहेका विभिन्न कृषि, पशु फर्म तथा कृषि सहकारी संस्थाहरुको अवलोकनका क्रममा राप्ती गाउँपालिका ४ मौरीघाट स्थित बहुउद्देश्य कृषि तथा च्याउ खेती फर्मको अवलोनका क्रममा सो प्रतिवद्धता जनाएकी हुन् । उनले कृषि सहकारीको माध्यमबाट कृषिलाई व्यवसायिकरण, यान्त्रीकिरण गरी विकास गर्ने बताएकी हुन् ।

उनले कृषि क्षेत्रको विकासका लागि १० वटा कोल्डस्टोर बनाउने, दुग्धप्रशोधन, नश्ल सुधार, एआई प्रविधि, बोयर जातको बाख्रा वितरण र दुग्ध ढुवानी ट्याङकरका लागि प्रदेश सरकारले सहयोग गर्ने बताएकी छिन् ।

कृषकलाई दिने अनुदानमा कृषकलाई भन्दा कर्मचारीहरुलाई बढी फाइदा भयो नि भन्ने पत्रकारको जिज्ञासामा मन्त्री पौडेलले विगतमा भएका गल्ती कमी कमजोरीलाई औल्याउदै अब पालिका र सहकारीको सिफारिस तथा जग्गा हेरेर मात्र अनुदान दिने बताएकी छिन् । विगतका दिनमा अनुदानका लागि मन्त्रालय धाएर अनुदान पाउने समय अब नरहेको बताएकी छिन् ।

एक आर्को प्रसंगमा मन्त्री पौडेलले बाँझो जमिनलाई खेर जान नदिन अब जग्गा करारमा लिएर पालिकाको माध्यमबाट सामुहिक खेती गर्ने व्यवस्था मिलाइने बताइन् ।

साथै मन्त्री पौडेलले भालुवाङको भु स्वामित्वका विषयमा प्रदेश सरकार गम्भीर रहेको र यो विषय भालुवाङको मात्र नभई सिंगो नवलपरासी देखि बाँके बर्दिया सम्मको साँझा समस्या भएकाकाले केन्द्रबाटै पहल हुने र प्रदेश सरकारले लभिङ गरिरहेको बताएकी छिन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन १ गते मंगलबार