खाद्य सस्थान तुलसीपुरद्वारा १ वर्षमा झण्डै ६ हजार क्वीन्टल चामल ढुवानी



दाङ/   नेपाल खाद्य सस्थान अञ्चल कार्यालय तुलसीपुरले एक वर्षको अवधिमा झण्डै ६ हजार क्वीन्टल चामल ढुवानी गरेको छ । यस आर्थिक वर्ष २०७४/०७५को साउन महिना देखि असार मसान्त सम्ममा ५ हजार ९ सय ७२.७० क्वीन्टल चामल ढुवानी भएको कार्यालयका प्रमुख अनिल कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार जिल्लाका विभिन्न स्थानमा पठाउने गरि ५ हजार ५ सय ३०.४० क्वीन्टल चामल रहको थियो । तर पछि चामलको माग बढे अघिल्लो वर्षमा बाकीँ रहेको चामल समेत ढुवानी गरिएको हो ।

जस अन्तर्गत पश्चिम रुकुमका लागी ५५.२० क्वीन्टल चामल कोटा रहेकोमा ५५.२० क्वीन्टल नै चामल ढुवानी भइसकेको छ । त्यस्तै गरि पुर्वी रुकुममा २ हजार १ सय १७.६०,डोल्पाको दुनैमा २ हजार क्वीन्टल,डोल्पाकै जुफालमा ९ सय ९९.९० क्वीन्टल, लिकुमा ४ सय र डोल्पाकै सर्मीमा ४ सय क्वीन्टल कोटा रहेकोमा सबै ढुवानी गरिसकिएको कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिए ।

कार्यालयको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यस आर्थिक वर्षमा कम चामल निर्यात भएको छ । गत आर्थिक वर्षमा ७ हजार ९ सय ४३.२० क्वीन्टल चामल कोटा रहेको थियो भने यस आर्थिक वर्षमा कम चामल कोटा रहेको छ । तर सस्थानले विक्रि गर्दे आएको चामल पहिलेको तुलनामा पछिल्लो समयमा कम विक्रि हुने गरेको श्रेष्ठले बताए ।

विगतमा पहाडी तथा हिमाली जिल््लामा सडकबाटोको सुविधा नहुदाँ सस्थानले ढुवानी गरेको चामल स्थानीय उपभोत्ताले उपभोग गर्दे आएका थिए भने सडकबाटो विस्तार भएकाले उपभोत्ताहरुले बजारको चामल वढी उपभोग गर्दे आएको प्रमुख श्रेष्ठले जानकारी दिए । रुकुम,डोल्पा,सुर्खेत र नेपालगञ्जबाट पनि चामल ढुवानी हुने गरेको उनले जानकारी दिए ।

यसैबिच आगामी आर्थिक वर्ष २०७५/०७६ का लागी पनि टेण्डर आहवन गरि सकिएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । । उनका अनुसार जिल्लाका विभिन्न स्थानमा पठाउने गरि नेपालगञ्जबाट २ हजार क्वीन्टल,विरगञ्जबाट २ हजार,बर्दियाको राजापुरबाट २ हजार र लहानबाट २ हजार क्वीन्टल गरि ८ हजार क्वीन्टल चामल कार्यालयमा भित्रीने छ ।

जस अन्तर्गत पश्चिम रुकुमका लागी ७ सय क्वीन्टल,पुवी रुकुमका लागी १५ सय क्वीन्टल,डोल्पाको दुनईका लागी २ हजार क्वीन्टल, डोल्पाकै जुफालका लागी १ हजार,सर्मीका लागी १ हजार र डोल्पाकै लिकुँका लागी १ हजार क्वीन्टल चामल कोटा रहेको कार्यालय प्रमुख अनिल कुमार श्रेष्ठले जानकारी दिए ।-tulsipuronline

  • No tags available
प्रकाशित मिति : २०७५ असार ३१ गते आइतबार