नेपालगन्जको सौन्दर्य बढाउन मुख्य चोकहरु पुनःनिमार्ण गरिने



नेपालन्ज/ नेपालगन्ज सहरको शौन्दर्यता बढाउने उद्देश्यले नेपालगन्ज उपमहानगरपालिकाले उपमहानगरमा रहेका मुख्य चोकहरु पुनःनिर्माण गर्ने भएको छ । उपमहानगरले विपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक लगायतका चोकहरु पुनः निर्माण गर्ने भएको हो ।

चोक पुनःनिर्माणसंगै चोकमा उच्च क्षमताको विद्युतीय लाईट जडान गरी चोकलाई उज्यालो गराउने उपमहा नगरपालिकाले जनाएको छ ।

नेपालमै पहिलो पटक सहरी सौन्दर्यकरण अन्र्तगत चोकहरुमा विद्युतीय लाईट जडान गर्न लागिएको नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले जानकारी दिइन् ।

पहिलो चरणमा नेपालगन्जको विपी चोक, धम्बोजी चोक र पुष्पलाल चोकमा जडान गर्न लागिएको विद्युतीय लाइट आवश्यता अनुसार अन्य चोकहरुमा पनि जडान गर्ने योजना रहेको थापाले बताइन् ।

विद्युतीय लाईन नगरका चोकहरुमा सञ्चालनमा आएपछि पैदलयात्री तथा सवारी साधनहरुलाई आवत जावमा पनि सहज हुने विश्वास गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार २६ गते मंगलबार