रक्तदाता उत्प्रेरणा अभिमुखीकरण सम्पन्न



कोहलपुर/   रेडक्रस अभियान प्रचार प्रसार तथा रक्तदाता उत्प्रेरणासम्बन्धी अभिमुखीकरण सोमवार बाँकेको पुरैनीमा सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखा अन्र्तगतको लैङ्गिक तथा समावेशीकरण समितिको आयोजना र नेरेसो पुरैनी उपशाखाको आतिथ्यमा सो अभिमुखीकरण सम्पन्न गरिएको हो ।

कार्यक्रममा बोल्दै नेरेसो बाँके शाखाकी उपसभापति शान्ति श्रेष्ठले रेडक्रसमा महिलाहरुको सहभागिता र सदस्यता वृद्धिमा जोड दिँदै मानव वेचविखन विरुद्ध सबैको सहयोग आवश्यक रहेको कुरा औल्याइन् ।

नेरेसो पुरैनी उपशाखाका सभापति फनबहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेश बहादुर श्रीवास्तव, कार्यालय प्रमुख निरञ्जना मल्ल, नेरेसो पुरनी उपशाखाकी खगेश्वरी रावत, मीरा अधिकारी लगायत उपशाखामा आवद्ध महिलाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्देश्यमाथि शाखाका कार्यालय प्रमुख निरञ्जना मल्ल प्रकाश पारेकी थिइन् भने गैरसरकारी संस्था महासंघकी अध्यक्ष सपना भट्टराई, नेरेसो बाँके शाखाकी जनसम्र्पक अधिकृत सरिता सिंह र प्रहलाद विश्वकर्माले सहजीकरण रेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार २६ गते मंगलबार