डुडुवा गाउँपालिकाको २४ करोड बढी बजेट पारित



डुडुवा (बाँके)/ डुडुवा गाउँपालिकाले आर्थिक वर्ष ०७५÷०७६ को रु २४ करोड ५ लाख ७८ हजारको बजेट पारित गरेको छ । गाउँपालिकाको सोमबार बसेको तेस्रो गाउँसभाले चालु, ससर्त, वित्तिय सामानीकरण र प्रदेश सरकारबाट प्राप्त कुल बजेट पारित गरेको हो ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विषयगत शिर्षकको बजेट प्रस्तुत गरेका थिए । प्रस्तुत बजेटमाथी छलफल गरि सर्वसम्मत रुपमा बजेट पारित गरिएको थियो ।

संघिय सरकार अनुदानबाट रु २१ करोड ५७ लाख, प्रदेश सरकार अनुदानतर्फ रु १ करोड ८६ लाख ७८ हजार, आन्तरिक आयतर्फ रु ६२ लाख गरि कुल रु २४ करोड ५ लाख ७८ हजारको बजेट रहेको प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद रेग्मीले बताए । गाउँपालिकाले असार १० गते ल्याएको नीति तथा कार्यक्रममाथि छलफल गरी बजेट विनियोजन गरी गाउँ सभाको बैठकबाट पारित गरेको छ । गाउँपालिकाको नयाँ आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि, पशु स्वास्थ्यका अभियानलाई प्रभावकारी बनाई दिगो बनाउने र विकास निमार्णको कार्यलाई नमुना बनाउने मुख्य प्राथमिकता रहेको छ । यस्तै गाउँ समुदायस्तरमा आर्थिक समृद्धिको विकासतर्फ जोड दिइएको छ ।

सभाले ४ वटा विधेयक ऐन पारित गरेको छ । आर्थिक ऐन २०७५, विनियोजन ऐन २०७५, न्यायिक समिति कार्यविधी ऐन २०७५ र शिक्षा ऐन २०७४ (पहिलो संशोधन २०७५) पारित गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार २६ गते मंगलबार