आर्मी ब्यारेकभित्र करेन्ट लागेर एकको ज्यान गयो



कोहलपुर/  बाँकेको कोहलपुर नगरपालिका–१ कौशिलानगरस्थित पश्चिम पृतना तालिम केन्द्र (आर्मी ब्यारेक) मा काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

सोमबार ब्यारेकभित्र निर्माणाधिन अवस्थामा रहेको भवनमा वाईरिङको काम गरिरहेका राप्तीसोनारी–९ का तिलकराम थारुको ज्यान गएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मृतक थारुको शवलाई भोलि (मंगलबार) पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइने ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरन्जन घिमिरेले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार २५ गते सोमबार