डुडुवा (बाँके)/ डुडुवा गाउँपालिकाका जेष्ठ नागरिकलाई शनिबार एक कार्यक्रमका विच सम्मान गरिएको छ । गाउँपालिकाको सबै वडाका ८२ वर्ष पुगेका १ सय ७६ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
गाउँपालिकाको हिरिमिनिया, बेतहानी, बनकट्टी र कम्दी गरी छुट्टाछुट्टै ४ स्थानमा आयोजित कार्यक्रममा जेष्ठ नागरिकलाई गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, उपाध्यक्ष साहिदा बानो, वडाध्यक्षहरु गजेन्द्र कैराती, भण्डारीलाल यादव, मोहनराम मिश्र, प्रशुराम बुढाथोकी, कार्यपालिका सदस्य लिलावती यादव, प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद रेग्मी लगायतको उपस्थिती रहेको थियो ।
जेष्ठ नागरिकहरुलाई कम्बल, टर्च र छाता प्रदान गरी सम्मान गरिएको थियो । सामाग्री ग्रहण गर्दै वडा नं. ३ का १ सय १२ वर्षीय बृद्ध आशाराम यादवले भन्नुभयो–‘हाम्रो अभिभावक भनेको सरकार हो, मासिक सामाजिक सुरक्षा भत्ताले सामान्य खर्च पुग्छ’ । छोरा छोरीको अगाडि हात फैलाउन परेको छैन ।
यो टर्च र छाताले अहिलेको अवस्थामा धेरै उपयोगी भएको बताए । गाउँपालिकामा ८२ वर्षदेखि १ सय २३ वर्षसम्मका जेष्ठ नागरिकलाई उक्त सामाग्री प्रदान गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्