कोहलपुर/ भारतमा मजदुरी गरेर घर फर्कने क्रममा रोल्पाका एक नेपाली नेपाल भारतको सिमाको रुपैडियामा लुटिएका छन ।
भारतको गुजरातबाट काम गरेर घर फर्कने क्रममा रोल्पा घर बताउने अर्जुन न्यौपाने लुटिएका हुन । उनलाई भारतको रुपैडिया स्थित रामजानकी मन्दिर नजीकबाट ईलाका प्रहरी कार्यालय जमुनाहले उद्धार गरि भेरी अञ्चल अस्पताल पु¥याएको छ ।
भेरी अञ्चल अस्पतालमा उपचाररत उनी अझैपनि अर्धचेत अबस्थामा रहेका छन । आफु संग नगद ६ हजार र साथमा रहेको झोला र झोलामा रहेका सबै लत्ताकपडा पनि लुटएको उनले बताए ।
उनको पुरै चेत खुलेपछी उनका आफन्तको जिम्मा लगाईने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बिगतमा दिनहरुमा सिमा क्षेत्रमा प्रहरीले निगरानी बढाएपछी सिमा क्षेत्रमा लुटपाटका घटनामा कमि आएको थियो ।
तर पछिल्लो समयमा प्रहरीको निगरानीमा कमी आएपछी फेरी सिमा क्षेत्रमा लुटिने क्रम शुरु भएको छ ।









प्रतिक्रिया दिनुहोस्