बागेश्वरी क्याम्पस संचालक समितिको अध्यक्षमा न्यौपाने



कोहलपुर/  कोहलपुरस्थित वागेश्वरी बहुमुखी पब्लीक क्याम्पसको संचालक समिति अध्यक्षमा  युवा नेता नरेन्द्र न्यौपाने नियुक्त भएका छन ।

क्याम्पस संचालन समितिको बैठकले न्यौपानेलाई गत मंगलबार अध्यक्ष पदकालागि सिफारिस गरेको थियो ।

उक्त सिफारिसका आधारमा त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयले न्यौपानेलाई बुधबार क्याम्पसको संचालक समिति अध्यक्ष पदमा नियुक्त गरेको हो ।

अखिल क्रान्तिकारीको केन्द्रिय अध्यक्ष हुँदै राजनितिमा होमिएका न्यौपाने पछिल्लो समय गृहजिल्ला बाँकेमा सक्रिय राजनिति गर्दै आएका छन ।

उनै न्यौपानेलाई बुधबार आगमी असोज १ गतेसम्मकालागि क्याम्पस संचालक समितिको अध्यक्षमा निर्विरोध नियुक्त गरिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार २१ गते बिहीबार