कोहलपुर/ ‘आफ्नो व्यवसाय सुरु तथा सुधार गर्नुहोस” भन्न् मुलनाराका साथ १० दिने प्रशिक्षक प्रशिक्षण तालिम बुधबारदेखि कोहलपुरमा सुरु भएको छ ।
भेरीमालीका बहुप्रविधिक प्रतिष्ठान कोहलपुरको आयोजना र औद्यौगिक व्यवसायी प्रतिष्ठान काठमाडौंको सहजीकरणमा सुरु भएको तालिममा बोल्दै कार्यक्रमका प्रमुख अथिति सिटीभिटीका क्षेत्रिय कार्यालय प्रमुख यादव प्रसाद सुवेदीले आत्मनिर्भर बन्न व्यवसायीक सिप सिक्नुपर्ने र व्यवसायमा धर्यता, अनुशासन र लगनशिलता हुनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले उद्यमशिलता भनेको कुनै पनि व्यक्तिको आत्मनिर्भर हुने माध्यम भएकोले सबै युवाहरु उद्यमशिलतामा लाग्नुपर्नेमा जोड दिए ।
तालिमको महेश नेपाली, विरेन्द्र सुवेदी लगाएतले सहजीकरण गर्ने बताइएको छ । कार्यक्रम कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारी, नेपाल नागरिक समाजका केन्द्रीय अध्यक्ष भिम बहादुर शाही लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रम भेरीमालीका बहुप्राविधिक प्रतिष्ठानका प्रिन्सिपल दिनेश न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो ।









प्रतिक्रिया दिनुहोस्