कोहलपुर/ बाँकेमा अभिभावकले जवजरस्ती बालबिबाह गरिदिने संख्यामा कमी आएपनि प्रेम विवाह र प्रविधीका कारण भने बाल विवाह अझ बढेको पाइएको छ ।
पहिलेको तुलनामा घरबाट जबरजस्ती सानै उमेरमा विवाह गरिदिने प्रवृत्तिमा कमी आएपनि पछिल्लो समय प्रविधीको दुरुपयोग र फरक लिङ्ग प्रतिको आकर्षणले प्रेममा परेर बाल विवाह गर्नेको संख्या बढेको महिला तथा बालबालिका कार्यालयकी प्रमुख शोभा शाहले बताइन् ।
प्रेम विवाहको नाममा गरिने बाल विवाह सामान्य सम्झाई बुझाइले मात्र न्युनीकरण गर्न नसकिने बताउँदै उनीहरुलाई बाल विवाहबाट रोक्नका लागि मनोपरामर्शदाताको महत्वपूर्ण भुमिका हुने बताए । बालबालिकाको मनोस्थिती बुझेर अभिभावक पनि सचेत हुनु पर्ने उनको भनाई रहेको छ ।
परिवार मात्र नभएर राज्य, संघसंस्था, समुदायले समेतले बालविबाह रोक्न बालबालिकाहरुलाई बाल विवाहको नकारात्मक असरबारे जानकारी गराउनु पर्ने उनलेबताइन् । त्यस्तै बाल अधिकारकर्मी श्वेता गुरुङले पाठ्यक्रममा बालविबाह विरुद्धको पाठ्यवस्तु समावेश गर्नुपर्ने माग गरिन् ।
बालविवाह न्युनीकरणका लागि राज्य पक्ष सम्बेदनशिल हुनुपर्ने गरुङले बताइन् । चालु आर्थिक वर्ष २०७४/०७५ मा जम्मा २ बालविबाह रोकिएको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र बाँकेकी प्रमुख रमा श्रीसले जानकारी दिइन् ।









प्रतिक्रिया दिनुहोस्