सवा दुई लाख नगदसहित पाँच जुवाडे चप्परगौडीबाट पक्राउ



कोहलपुर/    जुवा खेलिरहेको अवस्थामा कोहलपुरको चपरगौडिबाट प्रहरीले मंगलबार पाँच जुवाडेलाई पक्राउ गरेको छ । दुई लाख २५ हजार बढि नगदसहित उनीहरुलाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक निरञ्जन घिमिरेको नेतृत्वमा खटिएको प्रहरीले टोलीले कोहलपुर–१२ चपरगौडीस्थित एक होटलमा जुवा खेलिरहेका अवस्थामा पाँच जना जुवाडेसहित उनीहरुको साथबाट रु २ लाख, २५ हजार २ सय नगद र खेलिरहेको तासको गड्डी समेत बरामद गरेको निरीक्षक घिमीरेले बताए ।

पक्राउ परेका पाँच जना जुवाडेको बारेमा अनुसंधान भइरहेको छ भने उनीहरुको पहिचान भने प्रहरीले लुकाएको छ । उनीहरुमाथि प्रहरीले जुवा ऐन २०२० अनुसार कारबाही हुने जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार १९ गते मंगलबार