बाँकेको राप्तीसोनारीमा करेन्ट लागेर दुईको ज्यान गयो



कोहलपुर/  बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नं.६ मा बिजुलीको करेन्ट लागेर २ जनाको मृत्यू भएको छ भने अन्य २ जना घाईते भएका छन् । घाईतेको नेपालगन्ज भेरी अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।

करेन्ट लागेर मृत्यू हुनेमा राप्ति सोनारी ६ का २५ बर्षिय शुरेस कुमार थारु र ४२ बर्षिय टिकारामा थारु रहेका छन । करेन्ट लागेर गम्भिर घाईते उनिहरुको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यू भएको हो ।

घाईते हुनेमा राप्तीसोनारी ६ कै तिलकुमारी शाही र एक जनाको नाम खुल्न सकेको छैन । मध्य रातमा आएको ओभर भोल्डेजका कारण राप्ती सोनारीको ६ नं. वडाका सबै घरका मिटर जलेको राप्ती सोनारी गाउँपालीका वार्ड नं. ६ का वडा अध्यक्ष जनकराम थारुले जानकारी दिनुभयो ।

बिद्युतमा फोन गरेर लाईन काटन अनुरोध गरेपनि लामो शमय सम्म लाईन नकाटदा ठुलो दुर्घटना भएको थारुले बताउनुभयो । ६ नं. वडाका मैमानपुर, लक्ष्मीराजपुर र गोडियनपुरुवा गाउँ बिजुली बिहीन भएको छ । करेन्ट लागेर २ ओटा गाई, ३ वटा बंगुर र १ भैसी पनी मरेका छन ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार १६ गते शनिबार