डुडुवा (बाँके)/ डुडुवा गाउँपालिकाले नया आर्थिक वर्ष ०७५÷०७६ को निति तथा कार्यक्रम आज आइतबार प्रस्तुत गरेको छ ।
गाउँपालिकाको आज बसेको तेस्रो गाउँसभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले ११ वटा शिर्षक अन्र्तगत शिक्षा, स्वास्थ्य, कृषि, पशु, वन बाताबरण, समुदायको विकास, भौतिक पुर्वाधार, सडक, नाला, खानेपानीका योजना, रोजगारी, सरसफाई ढल निकास, विपत व्यवस्थापन, सुशासन कार्यक्रम लगायतको कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
निति तथा कार्यक्रममा गाउँपालिकामा गत आर्थिक वर्षमा संचालित विभिन्न अभियानहरुको प्रभावकारिता र दिगोपनाका लागि यो वर्ष पनि निरन्तरता दिएको छ ।
गाउँपालिकाले शुरु गरेको घरघरमा स्वास्थ्य, घरघरमा पशु स्वास्थ्य सेवा, घरघरमा एसइइको अभियानलाई प्रभावकारी र दिगो बनाइने छ ।
त्यस्तै सेवा प्रवाहको गुणस्तरियता र प्रभावकारिताका लागि घुम्ती सेवा, नयाँ प्रविधिको प्रयोग, सुविधा सम्पन्न अस्पताल, सार्वजनिक शौचालय, सेवाग्राही मैत्री गाउँपालिकामा जोड दिइएको छ ।
गाउँपालिका अध्यक्ष चौधरीले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रमप्रति वडाध्यक्षहरुले थप योजना तथा सल्लाह सुझाव प्रदान गरेका थिए ।
आज प्रस्तुत भएको निति तथा कार्यक्रममाथी छलफल गरि ५ दिनभित्र सोही अनुरुप बजेट पारित गरिने प्रमुख प्रशासकिय अधिकृत दिपक पौडेलले बताउनुभयो ।
उहाँका अनुसार प्रस्तुत भएको निति तथा कार्यक्रममाथी छलफल गर्ने र अवश्यकता अनुसार संशोधन गरि सोही अनुरुप बजेट पारित गरिनेछ ।









प्रतिक्रिया दिनुहोस्