कोहलपुर/ जानकी गाउँपालिका वडा ३ मा सञ्चालित क्रिकेट प्रतियोगिताको उपाधि अजय स्पोर्ट क्लब रम्वापुरले हात पारेको छ । फाइनल खेलमा डेन्जर स्पोर्ट क्लब मुक्तिपुरलाई पछाडि पार्दै अजय स्पोर्ट क्लवले उपाधि चुम्न सफल भएको हो ।

अजय स्पोर्टस् क्लबले १ सय ४४ रन बनाउन सफल भएको थियो ।डेन्जरले १ सय ४२ रन मात्रै बनाउन सक्यो । यस्तै डेन्जर स्पोर्टस् क्लवका जोगराज बर्मालाई म्यान अफ द सिरिज पुरस्कार प्रदान गरिएको थियो । जोगराजलाई नगद १२ सय प्रदान गरिएको हो ।
वडा स्तरिय टाइगर युवा क्लब सञ्जाल इन्द्रपुरको आयोजनामा भएको वडास्तरीय क्रिकेट प्रतियोगिताको सहयोग जानकी गाउँपालिका–३, इन्द्रपुरले गरेको थियो । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।
विजेता टिमलाई ८ हजार र द्वितीय टिमलाई नगद ४ हजारसहित मेडल, प्रमाणपत्र र कप प्रदान गरिएको सञ्जाल कोषाध्यक्ष प्रदीपकुमार धोवीले जानकारी दिए ।
जानकी गाउँपालिका वडा नं. ३ स्थित पशु हाट बजार मेलाको फिल्डमा प्रतियोगिता भएको थियो ।









प्रतिक्रिया दिनुहोस्