नेपाल रेडक्र सोसाईटी बाँके शाखाको ५१औ स्थापना दिवस



नेपालगन्ज/  नेपाल रेडक्रस सोसाइटीे बाँके जिल्ला शाखाको ५१औ स्थापना दिवस आज आइतवार नेपालगन्जमा मनाइएको छ ।

दिवसका अवसरमा माननीय सांसद सरवात आरा खानम, नेरेसोका केन्द्रीय उपाध्यक्ष अजीतकुमार शर्मा र शाखा सभापति गोवर्धन सिंह सम्झनाले संयुक्तहरुमा केक कटेर दिवस मनाइएका हुन ।

दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपाध्यक्ष अजीतकुमार शर्माले बाँके शाखाका संस्थापकहरुलाई सम्झदै आगामी दिनमा रेडक्रसका स्वयंसेवकहरु उर्जावान भई मानवीय सेवामा लाग्न आग्रह गर्नु भयो ।

माननीय संसद सरवात आरा खानमले रेडक्रसका गतिविधि सामुदायिक र संस्थागत विद्यालय तथा मदरसाहरुमा व्यापक बनाउन अनुरोध गर्नु भयो । उहाँले मानवीय सेवामा सधै अग्रस्थानमा रही काम गर्ने रेडक्रसलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले यो उचाईसम्म बाँके शाखालाई पुर्याउने संस्थापक महानुभावहरुलाई धन्वयाद व्यक्त गर्दै अबको दिनमा स्थानीय सरकारसंग रेडक्रसको सहकार्य बृहद हुने बताउनु भयो ।

कार्यक्रमका जिल्ला शाखा र उपशाखाका पदाधिकारी, सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार ४ गते सोमबार