१३ विपन्न दलित परिवारलाई बाख्रा उपहार



कोहलपुर/  बाँकेको बैजनाथ गाउँपालिका स्तरिय दलित संञ्जालले शनिबार गाउँपालिकाको वडा नं २ का अति विपन्न परिवारका १३ घरधुरीलाई बाख्रा उपहार दिएको छ ।

बाख्रा उपहार कार्यक्रमा बोल्दै बैजनाथ गाउँपालिका वडा नं २ का वडाध्यक्ष प्रेम बहादुर थापाले संञ्जालले प्रदान गरेको बाख्राले अति विपन्न परिवारलाई आयआर्जनमा सहयोग पुग्ने बताए । साथै उनले यस्ता कार्यक्रमहरुलाई निन्तरता दिनुपर्ने बताए ।

बैजनाथ गाउँपालिको सहयोग र गाउँपालिका स्तरिय दलित संञ्जालको आयोजनामा बाख्रा उपहार प्रदान गर्न सुरु गरिएको र यस अघि गाउँपालिकाको वडा न. मा २० वटा बाख्रा उपहार प्रदान गरिएको गाउँपालिका स्तरिय दलित संञ्जाल मुल समितिका अध्यक्ष तथा आय आर्जन सुधार समितिका संयोजक दिल विश्वकर्माले बताए ।

साथै उनले गाउँपालिकाको ८ वटै वडामा बाख्रा उपहार प्रदान गरिने बताए । गाउँपालिका स्तरिय दलित संञ्जाल वडा नं ६ का अध्यक्ष लाल बहादुर सुनारले गाउँपालिका भित्र रहेका अति विपन्न दलितहरुलाई छनौट गरि उनीहरुको आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले बाख्रा उपहार प्रदान गरिएको बताए ।

त्यस्तै गाउँपालिका स्तरिय दलित संञ्जाल मुल समितिकी कोषाध्यक्ष सम्झना परियारले करिब ८ लाखको लागतमा गाउँपालिका भित्रका सबै वडाका अति विपन्न दलितहरुलाई बाख्रा उपहार प्रदान गरिने बताईन ।

बाख्रा उपहार कार्यक्रमा बैजनाथ गाउँपालिका वडा नं २ का वडा सदस्य भिम बहादुर भुसाल, दलित महिला वडा सदस्य सिता देवि बि.क अनुगमन तथा मुल्यांकन समितिका संयोजक गुमान बहादुर दमाई, ठगीराम दमाई पत्रकार लगायतको सहभागिता रहेको थियो संजालले यस अघि दलितहरुका लागि सिलाई मेसिन तथा आरन समाग्रीहरु वितरण गरिसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार ३ गते आइतबार