स्थापना दिवसको अवसरमा निःशूल्क स्वास्थ्य शिविर



कोहलपुर/  महिला समाज सेवा बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २१ औं स्थापना दिवसको अवसरमा कोहलपुरमा एक दिने निःशूल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । शिविरको राष्ट्रिय सहकारी बोर्डका केन्द्रिय सदस्य देव बहादुर केसीले दिप प्रज्वलन तथा केक काटेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै बोर्ड सदस्य केसीले सहकारीले आफ्ना सदस्यहरुलाई मानसिक र शारीरिक रुपमा स्वस्थ्य बनाउनका लागि स्वास्थ्य शिविरलाई जोड दिएकोमा खुशि व्यक्त गरेका थिए ।

साथै उनले सहकारीले आफ्ना शेयर सदस्यहरुलाई आत्मा निर्भर बनाउनका लागि विभिन्न कार्यक्रममाहरुलाई जोड दिनुपर्ने बताउँदै सदस्यहरुलाई स्वास्थ्यलाई पनि सहकारीले पछिल्लो सयममा जोड दिईरहेको बताए ।

कौशिल्या पोलिक्लिनिक प्रा.लि.को प्राविधिक सहयोग र महिला समाज सेवा बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सम्पन्न भएको एक दिने निःशूल्क स्वास्थ्य शिविरमा दुई सय २७ जना संस्थाका शेयर सदस्यहरुले सेवा लिएका छन् ।

कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ बाँकेका उपाध्यक्ष प्रकाश ज्ञवाली सहकारीमा आवद्व शेयर सदस्यहरुको स्वास्थ्य अवस्थाका बारेमा थाहा पाउनका लागि स्वास्थ्य शिविरले महत्वपूर्ण भूमिका खेलेको भन्दै आगामि दिनहरुमा पनि सहकारीले शेयर सदस्यहरुको जीवनलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याउनुपर्ने बताए ।

कार्यक्रममा कौशिल्या पोलिक्लिनिक प्रा.लि. निर्देशक राम प्रसाद शर्माले सहकारीहरुसँग सहकार्य गरी कौशिल्या पोलिक्लिनिक प्रा.लि.ले स्वास्थ्य सेवा दिईरहेको बताउँदै अन्य संघसंस्थाहरुसँग पनि कौशिल्या पोलिक्लिनिक प्रा.लि.ले सहकार्य गरिरहेको बताए ।

महिला समाज सेवा बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष मिना सिग्देलले सहकारीमा आवद्व शेयर सदस्यहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर राखि शिविरको आयोजना गरिएको र आगामि दिनहरुमा शेयर सदस्यहरुको क्षमता वृद्वि र व्यक्तित्व विकासका लागि विभिन्न कार्यक्रममा ल्याउने बताईन् ।

मानिस स्वस्थ्य भएको खण्डमा सकरात्मक सोचको विकास हुने भन्दै सहकारीले शेयर सदस्यहरुलाई स्वास्थ्य बनाउने अभियानलाई जोड दिईएको उल्लेख गरिन् । उक्त एक दिने निःशूल्क स्वास्थ्य शिविरको चेकजाँच डा. श्याम विके र दुर्गा बिसीले गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार ३ गते आइतबार