जेष्ठ नागरिकको सम्मान



कोहलपुर,२ असार/  बाँकेको खजुरा गाउँपालिका–१ राधापुरले ७० वर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ तथा वडा अध्यक्ष सुमन मल्लले शुक्रबार वडा कार्यालयमा आयोजित कार्यक्रममा जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

उक्त कार्यत्रलममा २० जना जेष्ठ नागरिकलाई सम्मान गर्दै छाता, हर्लिक्स, टर्च लाइट र बिस्कुट उपलब्ध गराइएको थियो । जेष्ठ नागरिकलाई सम्मान गर्दै खजुरा गाउँपालिकाका प्रमुख पशासकीय अधिकृत श्रेष्ठले जेष्ठ नागरिकले पु¥याएको योगादनको कदर गर्दै सम्मान गरिएको बताए ।
कार्यक्रममा खजुरा गाउँपालिका कार्यपालिका सदस्य फत्तेकुमारी जैसी, वडा सदस्य रामबहादुर शाही, देवप्रसाद बुढा र दीपा विक, वडा सचिव चिरञ्जीवी पाण्डे लगायत उपस्थितको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार २ गते शनिबार