द्वन्द्वपिडित तथा एकल महिला लागि बाख्रा वितरण



कोहलपुर,२५ जेठ/  कोहलपुर नगरस्तरिय द्वन्द्वपिडित तथा एकल महिलाले संजालले बिहीबार एक कार्यक्रमका बिच द्वन्द्वपिडित तथा एकल महिलाहरुलाई बाख्रा वितरण गरेको छ ।

कोहलपुर नगरपालिकाको सहयोगमा नगरपालिका भित्रका २२ जना द्वन्द्वपिडित तथा एकल महिलाहरुको आयआर्जनमा सहयोग पुग्ने उद्देश्यले बाख्रा पैँचो वितरण गरिएको कोहलपुर नगरस्तरिय द्धन्द्ध पिडित तथा एकल महिला सञ्जालकी सचिव गीता खत्रीले बताइन् ।

बाख्रा वितरण कार्यक्रमा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले द्वन्द्वपिडित तथा एकल महिलाहरुका लागि निकै राम्रो कामको सुरुवात भएको भन्दै आगामी दिनहरुमा नगरपालिकाबाट थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै कोहलपुर नगरपालिका उपप्रमुख सञ्जु कुमारी चौधरीले द्वन्द्वपिडित तथा एकल महिलाहरु बाख्रा वितरणले उनीहरुको आयआर्जनमा सहयोग पुग्ने बताइन् ।

त्यस्तै द्ध द्वन्द्वपिडित तथा एकल महिला सञ्जाल बाँकेकी अध्यक्ष शोभा विसी नगरपालिकाको सहयोगले द्वन्द्वपिडित तथा एकल महिलाहरुको घाउमा मलम लगाउने काम गरेको बताइन् ।

कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष माधव रिजाल, वडा नं. ८ का वडाध्यक्ष रेशम बहादुर खत्री, वडा नं. १० का वडाध्यक्ष निम बहादुर चलाउने ,वडा नं. १३ का वडाध्यक्ष ओमप्रकाश वली, कोहलपुर नगर कार्यपालिका सदस्य गीता सुनार, दयाराम सुनार, कोहलपुर नगरस्तरिय द्वन्द्वपिडित तथा एकल महिला सञ्जालकी अध्यक्ष मनसरा सुनार, राप्तीसोनारी गाउँपालिका पशु शाखा प्रमुख बडेलाल कोहार, द्वन्द्वपिडित तथा एकल महिलहरुको लगायत सहभागगिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ २५ गते शुक्रबार