प्रेम विश्वकर्मा : नेपालगन्ज, २२ जेठ/ मंगल प्रसाद माध्यमिक विद्यालय नेपालगंज बाँके श्रोत केन्द्रमा मंगलबार ६० जना बालबालिकालाई छात्रवृति सहयोग गरिएको छ । कक्षा ८, ९ र १० मा अध्ययनरत अति विपन्न तथा सिमान्तकृत समुदायका बालबालिकाहरुलाई छात्रवृति सहयोग (वर्सरी सपोर्ट) गरिएको हो । जसमा तीन वटा शर्त अनिवार्य गरिएको छ ।
नियमित विद्यालय जानु पर्ने, पठाउनु पर्ने, बालश्रममा प्रयोग नगर्ने, नगराउने र बाल विवाह नगर्ने, नगराउने भनी अभिभावक, विद्यार्थी तथा सम्बद्ध निकाय विचको सम्झौता पछि पहिलो चरणको छात्रवृति बापतको रकम रु ४ हजार हस्तारण गरिएको जनाईएको छ ।
उपलब्ध गराउने भनिएको जम्मा रु १० हजार मध्ये दोस्रो चरणको रकम रु ३ हजार आगामी असोज, कार्तिक महिना र तेस्रो चरणको रकम फागुन महिनामा रु ३ हजार उपलब्ध गराईने छ । युवा सशक्तिकरण बुल्गारी परियोजना अन्र्तगत नेपालगंज उपमहानगरपालिका वडा नम्बर १८, ११, ८ र ७ सँगको समन्वय तथा सेभ द चिल्डे«न, एसडिएफ बाँके र पौरखी सहकारी संस्था लिमीटेडको सहकार्यमा छात्रवृति रकम वितरण गरिएको एसडिएफका बरिष्ठ सल्लाहकार घनश्याम उपाध्ययाले बताए ।
उनले भने, “विद्यार्थी भाई बहीनीहरु तपाईको पढाईमा सहज होस भनेर हामीले यो रकम दिएका छौं, वर्षभरी आवाश्यक पर्ने शैक्षिक सामाग्री तथा शिक्षा आर्जनका लागी रकम खर्च गर्नुहोला र उत्कृष्ट अंक ल्याई उतिर्णा हुनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ, विगतका दिन भन्दा राम्रो प्रगति गर्नुहोस । हाम्रो स्वार्थ भनेको यति मात्र हो ।”
पौरखी सहकारी संस्था लिमीटेडका अध्यक्ष हरी प्रसाद तिमील्सेनाले अब स्थानिय सरकार पञ्चायती ब्यवस्था जस्तो भई सञ्चालन हुन नसक्ने बताए । उनले भने, “हामी सबैको एउटै उद्देश्य हो, गरिबी हटाउने, समाजलाई सिर्जनशिल बनाई जागरुक र सचेत गराउने, यो हाम्रो साँझा अभियान हो, प्राप्त गर्नुभएको रकमलाई बढि भन्दा बढि सदुपयोग गर्नुहोस, अभिभावकले पनि मागेर अन्यत्र काममा खर्च नगरिदिनुहोस ।”
सेभ द चिल्डे«नका रत्न ओझाले आफुहरुको उद्देश्य माथी प्रकाश पादै यस्तै खाले कार्यक्रम अन्य ५ जिल्लामा पनि सञ्चालन गरेको बताए । धेरै जिल्लामा छात्रवृति बापत दिईएको रकम सदुपयोग नै भएको जानकारी गराए ।
यसै गरि सम्र्पुण वडा कार्यालयहरुको तर्फबाट बोल्दै वडा नम्बर ७ का वडाध्यक्ष जुम्मन खाँले आफनो छोराछोरीलाई विद्यालय नपठाउने अभिभावकहरुको वडाबाट प्रदान गरिने सिफारिस तथा अन्य विभिन्न सेवा सुविधाहरु रोक्का गरिने चेतावनी दिए ।
उनले भने, “सरकारी तथा समुदायीक विद्यालय, मदरसामा गुणस्तरिय शिक्षाका लागी हामीले के गर्नुपर्छ भन्नुहोस, हामी त्यो काम गर्न तयार छौं, शिक्षा महत्वपुर्ण कुरा हो , त्यसकारण आफना छोराछोरीलाई पढन् पठाउनुहोस, कुनै समस्या भए वडा कार्यालयमा आएर भन्नुहोस ।”
छात्रवृतिको रकम वितरण समारोहमा वडा नम्बर ११ का वडाध्यक्ष उज्जवल सिंह राठौर, वडा नम्बर ८ का वडा सदस्य बिबेक बाजपेयी, विभिन्न विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी, पत्रकार लगायतको सहभागीता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्