बहिरा क्रिकेटको उपाधि धरानको पोल्टामा



कोहललपुर, जेठ २१ / यही जेठ १४ गतेदेखि कोहलपुरमा भएको नवौँ राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता–२०७५ को उपाधि धरानको पोल्टामा पारेको छ ।

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा कोहलपुरको प्रस्तावित क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा धरानले अपाधि आफ्नो पोलटामा पारेको हो ।

यस्तै सो खेलमा रुपन्देहीको दोस्रो हुँदा मोरङ तेस्रो भयो ।

विजेता टिमलाई प्रदेश ५ की कृषि, भूमि व्यवस्था र सहकारी मन्त्री आरती पौडेल र कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले पुरस्कार तथा ट्रफि वितरण गरेका थिए ।

प्रतियोगिता जेठ १४ देखि सञ्चालन भई २० गते सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ २१ गते सोमबार