नेपालगन्ज,१८ जेठ/ प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार पन्नालाल गुप्ता ‘चाचाजी’को नागरिक अभिनन्दनलाई भव्य रुपले सम्पन्न गर्न सक्रिय सहभागिताका लागि बाँकेका पेशागत संघ, संस्थाका प्रमुख एवम् प्रतिनिधिले ऐक्यवद्धता जनाएका छन् ।
नेपाल प्रेस युनियन बाँकेको संयोजनमा ८९ वर्षीय वरिष्ठ पत्रकार चाचाजीको नागरिक अभिनन्दन यही जेठ २९ गते नेपालगन्जमा हुँदैछ । युनियनले शुक्रबार नेपालगन्जमा आयोजना गरेको विभिन्न पेशागत संघ, संंस्थासँग गरेको छलफलमा उपस्थित भएका प्रमुख एवम् प्रतिनिधिले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
नेपाल बार एशोसियशनका पुर्वकेन्द्रिय उपाध्यक्ष एवम् डिएलएका केन्द्रिय उपाध्यक्ष प्रहलाद कार्कीले पत्रकारिता क्षेत्र र प्रजातान्त्रिक आन्दोलनका योद्दा चाचाजीको सम्मान नै समग्र नेपालगन्जकै सम्मान भएको बताए ।
नागरिक अभिनन्दनमा नेपालगन्जका कानुन व्यवसायीको सक्रिय सहभागिता रहने बारका पूर्व केन्द्रिय उपाध्यक्ष कार्कीले प्रतिवद्धता जनाए । नेपाल चिकित्सक संघ भेरी अञ्चल अध्यक्ष एवम् सरसफाई अभियन्ता डा. बिनोद कर्णले प्रेस स्वतन्त्रता सेनानी चाचाजीले समाज र राष्ट्रका लागि गरेको योगदान अविष्मरणीय रहेको बताए ।
यस्तै नेपाल टे«ड युनियन कांग्रेस बाँकेका उपाध्यक्ष रुद्र अधिकारी, धम्बोझी माध्यामिक बिद्यालयका प्रधानाध्यापक किरण आचार्य, आर्दश माध्यामिक विद्यालय राँझाका प्रधानाध्यापक प्रकाश आचार्य, राधिका गिरी, नगर स्तरिय बाल क्लब सञ्जालका पुर्वअध्यक्ष साहिल अन्सारी, रमेशचन्द्र कुमाल लगायतले नागरिक अभिनन्दन कार्यक्रम सफल पार्न ऐक्यवद्धता प्रकट गरे ।









प्रतिक्रिया दिनुहोस्