मनाइयो ११औं गणतन्त्र दिवस



कोहलपुर,१६ जेठ/   ११औं गणतन्त्र दिवस मंगलबार बाँके लगायत सहित देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

देशमा गणतन्त्र स्थापना भएको १० वर्ष पूरा भएर ११ औं वर्षमा प्रवेश गरेको अवसरमा कोहलपुर नगरपालिकाले सोही अवसरमा मंगलबार बिहान कोहलपुरमा प्रभातफेरी निकालिएको थियो ।

निजामती कर्मचारी, शिक्षक, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी पत्रकार लगायतको सहभागितामा ब्याण्ड वाजा सहित बृहत ¥याली तथा प्रभातफेरी निकालिएको थियो ।

प्रभातफेरी कोहलपुर चौराहबाट सुरु भई न्यूरोड, एनटिभिरोड, साझाचोक हुँदै पुनः कोहलपुर चौराहमा पुगि कोण सभामा परिणत भएको थियो । यस्तै सोही अवसरमा नेपालगन्जमा पजि प्रभातफेरी र अन्तरक्रियात्मक कार्यक्रमको गरिएकोे थियो ।

गणतन्त्र दिवस मनाउन गठित जिल्लास्तरिय समितिको अगुवाई नेपालगन्जमा पनि प्रभातफेरी निकालिएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालयमा रहेको खुल्ला मञ्चमा सभा भएको थियो ।

सभामा बोल्ने बक्ताहरुले गणतन्त्रको असली कार्यान्वयन जनताको मुहारमा चमक पाए मात्र देखिने बताएका थिए । गणतन्त्र दिवसको अवसरमा मंगलबार प्रदेश सरकारले ५ नम्बर प्रदेशका १२ वटै जिल्लामा सार्वजनिक बिदा समेत दिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ १६ गते बुधबार