कोहलपुर,११ जेठ/ बुधबार राती आएको हावाहुरीले कोहलपुर नगरपालिकाको वडा न. १४ र १५ का करिब २० वटा घरमा क्षति पुगेको छ । सो स्थानका बैजनाथपुर, ढोरपुर हवलदापुर तथा सृजनाटोलका बासिन्दाहरुको घरमा क्षति पुगेको वडा कार्यालयले जनाएका छन ।
हावाहुरीले घरहरुका छाना उडाउनुका साथै घरमा रहेका केही समानहरुमा समेत क्षति पुगेको छ । वडा नं १४ ढोरपुरका छेदा खटिकको घरमा पोल भाँचिएपछि घर पुर्ण रुपमा क्षति भएको छ ।
त्यस्तै वडा नं १४का वडा सदस्य जँहागिर साईको घरको छाना उडाउनुका साथै विद्युत मिटरमा समेत क्षति पुगेको छ भने साही स्थानकी पार्वती परियारको घरको जस्तापाता उडाउदाँ दराज तथा टेलिभिजनमा समेतमा क्षति पुगेको छ ।
बिहीबार दिनभर नै जनप्रतिनिधीहरुलाई क्षतिपुर्तिको अनुगमन तथा विवरणमा खटिएको कोहलपुर नगरपालिका वडा नं १५ का वडा सदस्य मन बहादुर गुरुङले बताए ।
हावाहुरीबाट बैजनाथपुरमा ५ वटा ढोरपुरमा ११ हवलदापुरमा २ वटा श्रजनाटोलमा २ वटा घरहरुमा क्षति पुगेको बताईएको छ । हावाहुरीले सो क्षेत्रका विद्युतका तारहरुमा समेत क्षति पुगेको छ ।
वडा नं १४ का वडाध्यक्ष टेक चन्द हरिजनले हावाहरीबाट क्षति भएका वडाको भित्रका सबै तथ्याङ्क संकलन गरि राहतका लागि नगरपालिकामा रेडक्रस तथा जिल्ला प्रशासनमा सिफारिस गरी पठाइने बताईए । त्यस्तै हावाहुरीले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका राझा फिडर र चिसापानी फिडर
केन्द्रमा समेत क्षति पुगेको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्