बर्दिया,६ जेठ/ बर्दियाको बबई सिँचाई आयोजनाको नहर झण्डै दुई हजार कृषकहरुले जनश्रमदान गरेर सरसफाई गरेका छन् ।
पुर्वपश्चिम राजमार्ग अन्र्तगत बबई नदीको बबई सिँचाई आयोजनामा पर्ने झण्डै एक किलोमिटर नहरको दाँया र बाँया थुप्रिएको माटो, वालुवा सरसफाई गर्न सनिवार झण्डै दुई हजार कृषकहरु जुटेर सरसफाई गरेका हुन् ।
बर्दियाको पश्चिम क्षेत्रमा पर्ने बारबर्दिया नगरपालिकाका ६ गाउँ, मधुवन नगरपालिकाका ६ गाउँ, ठाकुरबाबा नगरपालिकाका ६ गाउँ र गुलरिया नगरपालिकाका गाउँका ४ गाउँ अर्थात ४७ मौजा र १७ मौजा गरी कुल ६४ मौजाका झण्डै २ हजार कृषकहरु सहभागि भई नहर सरसफाई गरेको बर्गदा जम्ती नेउलापुर सिँचाई जल उपभोक्ता समितीका सचिव बेदप्रसाद खनालले जानकारी दिए ।
सिँचाई सुविधा नहुँदा विगतका वर्षमा जेठ देखि असार मसान्त सम्म झण्डै ४५ दिन जनश्रमदान (बेगारी) गरेर आफ्नो गाउँमा खेतीपातीका लागि नदीबाट कुलामा पानी लैजाने गरिन्थ्यो, आठ वर्ष यता सिँचाई संरचना नहर बनेपछी अहिले वर्षमा एकदिन मात्र नहर किनारमा जम्मा भएको माटो सरसफाई गरिन्छ, बर्गदा जम्ती नेउलापुर सिँचाई जल उपभोक्ता समितीका अध्यक्ष भुजराम थारु बताए ।
बारबर्दिया नगरपालिकाका ६ गाउँ, मधुवन नगरपालिकाका ६ गाउँ, ठाकुरबाबा नगरपालिकाका ६ गाउँ र गुलरिया गाउँका ४ गाउँका अर्थात ४७ मौजा र १७ गरी कुल ६४ मौजाका मौजाका कृषकहरु मिलेर चार विगाह जग्गाजमिन बराबर एकजना कृषकहरु सहभागि हुँदा झण्डै २ हजार कृषकहरु सरसफाईमा जुटेका छन् पश्चिम बबई जल उपभोक्ता संस्था ढोढरीका पदमराज काफ्लेले भने ।
कुलापानीका बडघरको भाषामा ६४ मौजा अर्थात हालको नगरपालिकामा पर्ने वडाका कुल ६४ गाउँका कृषकहरु सहभागि भए । हरेक गाउँबाट २ सय देखि ३ सय कृषकहरु गरी झण्डै २ हजार कृषकहरु नहर सरसफाईमा जुटेका थिए । बडघरका अनुसार १९ सय देखि २ हजारको सहभागिता रहेको छ ।
-himalayatv.com









प्रतिक्रिया दिनुहोस्