नेपालगन्ज,३ जेठ/ नेपालगञ्ज उपमहानगरपालिकाले खुल्ला स्थानीय सरकार पोर्टल र मोबाइल एप्लीकेशन सञ्चालनमा ल्याइएको छ ।
उपमहानगरपालिकाको समग्र सेवा प्रवाहमा नगरवासीको पहुँच, सहजता, पारदर्शीता र जवाफदेहिताका लागि सञ्चार प्रविधीको उपयोगिता र व्यापकता बढाइएको उपमहानगरले जनाएको छ ।
काठमाडौ लीभीङ ल्याब्सको प्राविधिक सहयोगमा निर्मित वेभसाइड र एप्लीकेशनको बुधबार नेपालगञ्जमा एक समारोहबीच उद्घाटन गरेर शुभारम्भ गरिएको छ ।
यो सेवा नेपालकै दोस्रो शहरका रुपमा नेपालगन्जमा शुरु गरिएको हो । प्रदेश नं.५ की प्रदेश सभा सदस्य कृष्णा केसी, यूएस आइडीका एन्टी क्रप्सन र गुड गभरनेन्स विषयका वरिष्ठ सल्लाहकार भिक्टोरिया अयर, नगर प्रमुख डा.धवल शम्शेर राणाले संयक्त रुपमा ल्यापटपमा क्लीक गरेर सेवा शुरु गरेका थिए ।
सभाषद केसीले प्रविधीलाई विकास र जनतासँग गासेर अघि बढनु अहिलेकोे माग र आवश्यक्ता भएको उल्लेख गरे । जनताको विश्वासलाई अवसरका रुपमा लिन आहवान गर्दै सभा सदस्य केसीले नेपालगञ्जलाई समृद्ध शहर बनाउनु सबैको दायित्व भएको बताइन् ।
अयरले सेवालाई सबैको पहुँचमा ल्याउन सबैको साथ हुनुपर्ने आवश्यक्ता औल्याउइन् । नगर प्रमुख राणाले सेवालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन अनेकन चुनौती भएपनि कन्जुस्याई नगरिने स्पष्ट पारे ।
नगर उपप्रमुख उमा थापामगरले प्रविधीमैत्री सेवाले जनताको कामलाई सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको बताइन् ।









प्रतिक्रिया दिनुहोस्