कोहलपुर,३ जेठ/ गाडीको ठक्करबाट बुधबार कोहलपुरमा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
साँझ सवा ८ बजे कोहलपुर–१०, रामनगरमा भे १ ज ६५५ नम्बरको उइंगर गाडीले भे ६ प ७५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ४५ वर्षीय ऋषिराम चापागाईंंको मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ ।
गाडीको ठक्करबाट घाइते भएका चापागाईंको उपचारका क्रममा कोहलपुर शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
गाडी चालक फरार छन् भने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक चापागाईं राम मावि हवल्दारपुर र कोहलपुर मोडेल कलेजमा शिक्षण गर्दथे ।
प्रकाशित मिति : २०७५ जेठ ३ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्