नेपालगन्ज,१ जेठ/ नेपालगन्जमा मंगलबार नगरस्तरीय सामाजिक सदभाव महिला समिति गठन भएको गरिएको छ । बासको आयोजना तथा युएनडिपीको सहयोगमा सामाजिक सदभाव तथा सामुदायिक सुरक्षा सुदृढीकरण परियोजना अन्तर्गत उक्त समिति गठन गरिएको हो ।
नेपालगन्ज नगर भित्र सामाजिक सदभाव थप सुदृढ गर्ने उद्धेश्यले सो समिति गठन गरिएको हो । विभिन्न क्षेत्रको प्रतिनिधित्व रहने गरी महिला अधिकार कर्मी तथा गैसस महासंघ बाँके शाखाकी कार्यवाहक अध्यक्ष सपना भट्टराईको संयोजकत्वमा ११ सदस्ययी समितिको गठन गरिएको हो ।
समितिका सदस्य सचिवमा ऋचा लुंईटेल, सदस्यहरुमा मुना श्रेष्ठ, सावित्रा बस्नेत, अक्षरी पोखरेल, टिकाकुमारी वि.क., सवनम प्रविण, प्रेमा रोका, अस्मिता शाह, रचना श्रेष्ठ र उमा चौधरी रहेका छन् ।
महिला समिति गठन कार्यक्रममा बोल्दै महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जकी समाजशास्त्रकी प्राध्यापक सावित्रा बस्नेतले सामाजिक सदभावलाई प्रभावपार्ने मुख्य तत्वहरुमा धर्म संस्कार भएको हुँदा समयसापेक्ष त्यसमा सकरात्मक परिवर्तन गर्ने खालको सचेतना जरुरी रहेको बताइन् ।
यसैगरि, प्राध्यापक मुना श्रेष्ठले सामाजिक सदभावलाई प्रभावपार्ने तत्वको पहिचान गरी त्यही समुदायमा केन्द्रित रहनु पर्ने सुझाव दिइन् ।









प्रतिक्रिया दिनुहोस्