एनसेल टावरमा अज्ञात समूहको आगजनी



कोहलपुर,३० वैशाख / बाँकेका विभिन्न दुई स्थानमा रहेका एनसेलका टावरमा अज्ञात समुहले आगजनी गरेको छ ।

शनिबार राती १२ बजेको समयमा बैजनाथ गाउँपालिका ६ जिगाउँ र खजुरा गाउँपालिका मनकामनाचोकमा रहेका एलसेलको टावरमा अज्ञात समुहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेकबहादुर तामाङले जानकारी दिए ।

एसपी तामाङका अनुसार आगजनीबाट दुवै टावरमा राखिएका जेनेरेटरमा पुण रुपर्मा क्षति पुगेको छ । मनकामना चोकको टावर जिगाउँको टावर दुबैमा रातीको समयमा आगजनी गरिएको प्रहरीले जनाएको छ ।

अज्ञात समुहले आगजनी गरेलगत्तै स्थानीयबासीको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । बैजानाथ गाउँपालिका वडा नं.६ स्थित घटना स्थलबाट करिब ३ मिटर टाढाबाट प्रहरीले एक थान मोटर साइकल भे २ प ६३८ र एक थान साइकल प्रहरीले बरामद गरेको जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख ३० गते आइतबार