घुस रकमसिहत विद्युतका तीन कर्मचारी पक्राउ



कोहलपुर,२७ वैशाख/  सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रमा कार्यरत इलेक्ट्रिकल इन्जिनियर निसार अहमद खाँनसहित तीन जना रङ्गे हात पक्राउ परेका छन् ।

उनीहरुले विद्युत मिटर नामसारी तथा नयाँ जडान गरिदिने प्रयोजनका लागि सेवाग्राहीबाट घुस रकम माग गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट खटिएको टोलीले बुधबार उनीहरुलाई कार्यालय परिसरबाटै पन्ध्र हजार रुपैंयाँसहित रङ्गे हात पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इलेक्ट्रिकल इन्जिनियर खाँनसहित इलेक्ट्रिक सुपरभाईजर विक्रान्त शुक्ला र उनका सहयोगी गिरवरलाल धोवी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरका प्रमुख एवं प्रहरी उपरीक्षक ईश्वर कार्की जानकारी दिए ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख २७ गते बिहीबार