कोहलपुर,२७ वैशाख/ नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुरले विश्व रेडक्रस दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रम गरी मनाइरहेको छ ।
सोही दिवसका अवसरमा कोहलपुरमा प्रभातफेरी निकालियो । सोही कार्यक्रमअनुसार बुधबार पनि कोहलपुरको न्यूरोड चोकमा नागरिकहरुलाई निःशुल्क पानी वितरण गरिएको छ ।
संयूक्त एम्बुलेन्स चालक संघ, नेपाल ट्रेड यूनियन बाँके, विभिन्न विद्यलयका जुनियर रेडक्रस सर्कलको सहयोग तथा सहकार्य र नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरको आयोजनामा पानी वितरण गरिएको हो ।
पानी वितरण कार्य मंगरबारदेखि निरन्तर एक हप्तासम्म चल्ने र सहयोगी दाताहरुले सहयोग गरे गर्मी समयभरि वितरण गरिने नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरका सभापति नारायाण प्रसाद गौडेलले जानकारी दिए । साथै सभापति गौडेलले यस कार्यमा सहयोग गर्न सहयोगी सबैमा आग्रह समेत गरेका छन् ।
उक्त कार्यक्रम अन्तर्गत मंगरबार २० तथा बुधबार २० गरी दुई दिनमा ४० जार पानी वितरण गरिएको नेपाल ट्रेड यूनियन बाँकेका अध्यक्ष मनोज वोगटीले जानकारी दिए ।
यस्तै यसअघि मंगरबार दिवसकै अवसरमा कोहलपुरमा प्रभातफेरी समेत गरिएको थियो । प्रभातफेरी कोहलपुर चौराह, दशविगाह हुँदै न्यूरोडमा पुगेर कोण सभामा परिणत भएको थियो ।








प्रतिक्रिया दिनुहोस्