भन्सार छली गरेर भारततर्फ लैजादै गरेको दुई सय क्विन्टल दाल बाँकेको नरैनापुरबाट बरामद



कोहलपुर,२० वैशाख/  अवैध रुपमा चोरी निकासी गरी भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरीले बाँकेको नरैनापुरबाट २ सय २५ क्विन्टल अरहरको दाल नियन्त्रणमा लिएको छ ।

संघिय प्रहरी इकाई कार्यालय नेपालगन्जबाट प्रहरी सहायक निरीक्षक राज कुमार सिहको नेतृत्वमा खटिएको टोलिले भन्सार छली गरेर भारततर्फ लैजादै गरेको अवस्थामा ठूलो मात्रामा अरहरको दाल बरामद गरेको छ ।

३ वटा ट्रेक्टरमा नेपालगन्जतर्फबाट लैजादै गरेको अवस्थामा ठूलो मात्राको अवैध अरहरको दाल बरामद गरेको हो ।

प्रहरीे दाल लोड गरेका भे १ त ३९०२, भे १ त ७७५० र भे १ त ५५९९ नम्बरका ३ वटा ट्रेक्टरसहित चालकलाई नियन्त्रणमा लिएको छ । नरैनापुर गाउँपालिकाको खुल्ला नाका प्रयोग गरेर अवैध रुपमा अरहरको दाल बरामद भारततर्फ लैजादै गरेका थिए ।

भन्सार सहुलियतमा सिङ्गापुरबाट नेपाल भित्र्याइएको रुपमा अरहरको दाल भारततर्फ तस्करी गरीरहेको अवस्थामा नियन्त्रणमा लिइएको संघिय प्रहरी इकाई कार्यालय नेपालगन्जका प्रमुख एसएसपी महेशविक्रम शाहले जानकारी दिए ।

यसबारे थप अनुसन्धान भइरहेको भन्दै उनले भोली पत्रकार सम्मेलन मार्फत थप जानकारी दिइने बताए । प्रहरी स्रोतका अनुसार दाल छोडिदिनको लागि व्यवसायीका नेताहरुले दबाब दिइरहेका छन् ।-paschimnews

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख २० गते बिहीबार