बाँसगढी सामुदायिक पुस्तकालयको अध्यक्षमा अधिकारी



बर्दिया,१७ वैशाख/  बाँसगढी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको अध्यक्षमा पुर्ण प्रसाद अधिकारी सर्बसम्मत निर्वाचित भएका छन ।

शनिबार भएको प्रथम साधारण सभा तथा अधिवेशनबाट अधिकारीको अध्यक्षतामा १५ सदसिय कार्यसमिति चयन गरिएको हो । जसको उपाध्यक्षमा अम्बिका चापागाँई, सचिवमा बलराम भुजेल, कोषाध्यक्षमा दहवा थारु, सहसचिवमा एकनारायण अधिकारी रहेका छन् ।

त्यस्तै सदस्यहरुमा भुमि बिक, सिता कुमारी पौडेल, अम्बिका कुमारी ढकाल, शर्मिला थपलिया, अर्जुन प्रसाद तिवारी, गोबिन्द्र प्रसाद उपाध्याय, अमृत देबकोटा, नरबहादुर डाँगी, प्रेम प्रसाद शर्मा, नैन बहादुर खत्री रहेका छन ।

लेखा समिति संयोजकमा रामचन्द्र लामिछाने, सदस्यमा कृष्ण पौडेल र भगवती शर्मा, अनुगमण तथा मुल्यांकन समितिको संयोजकमा सुर्य बहादुर सिंह, तुल्सी प्रसाद आचार्य र बिना पौडेल सर्बसम्मत निर्वाचित भएको सुचना प्रविधी प्रशासक यम बहादुर शाहीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख १७ गते सोमबार