नेपालगन्ज,१४ बैशाख/ भैतिक योजना तथा यातायात मन्त्री रघुबिर महासेठले केपी शर्माको सरकारले देशको मुहार बदल्नेमा आफुहरु बिश्वस्त रहेको बताएका छन ।
नेकपा एमाले बाँकेका कार्यकर्तासंग भएको भेटघाट कार्यक्रममा बाँके जिल्लाका समस्याहरुका बारेमा बोल्दै नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले ‘राप्ति पारी सडक सञ्जाल पुगेता पनि बिधुत नपुकोमा केन्द्रबाट केहि रकम बिनिउोजित गरि राप्तिपारी र बगौडा क्षेत्रका जनताको गुनासो सरकारले सनोस’ यस्तै उनले बाँकेमा हुलाकी सडक निर्माणलाई तिब्रताका साथ सम्पन्न गर्न पनि केन्द्र सरकारले निर्देशन दिनु पर्नेमा उहाको जोड रहेको थियो ।
कोईरालाले बाँकेमा रहेको बिमानस्थललाई अन्तराष्ट्रिय बिमान स्थलको रुपमा बिकास गर्न पनि केन्द्र सरकारले बजेट बिनियोजित गर्नका लागी मन्त्रीलाई बताए ।
कार्यक्रममा उठेका बिषयलाई सम्बोधन गर्दै मन्त्री महासेठले बाँके सम्भाबना बोकेको जिल्ला भएको हुदा यस जिल्लालाई बिकास निर्माणमा कुनै पनि रुपमा पछाडी नपारीने पनि बताए ।
मन्त्री महासेठले बाम गठबन्धनको सरकारले नै देशको मुहार फेर्ने भएको हुदा जनताहरुले स्थानिय जन प्रतिनिधीहरुलाई बिकास निर्माणका काममा सहयोग गर्ने पनि आग्रह गरे ।
मन्त्री महासेठले आजनै कोहलप’रमा रहेको यातायात ब्यबस्था कार्यालय बनाउने भनि छ’ट्टाइएको जग्गााको पनि अबलोकन गरोका थिए ।









प्रतिक्रिया दिनुहोस्