एभरेष्ट बैंकद्वारा शैक्षिक सामग्री वितरण



बाँसगढी,१३ वैशाख/  बर्दियाको बाँसगढी नगरपालिका–६ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

बिहीबार एभरेष्ट बैंक बाँशगढी शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो विद्यालयमा अध्ययनतर १३ विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण कार्यक्रममा बैंकका शाखा प्रवन्धक श्याम सुन्दर पाण्डेले विद्यालयलाई विभिन्न खेलकुद सामग्री समेत हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै प्रवन्धक पाण्डेले बैंकले यस्ता कार्यहरु देशभरिका सम्पूर्ण शाखाहरुबाट गरिरहेको र बाँसगढी शाखाले पनि यस्तो कार्य गरेको बताए । साथै यस्ता कार्यलाई निरन्तरता दिने समेत उनले बताए ।

कार्यक्रममा बैंकका प्रतिनिधि, विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक अर्जुन प्रसाद तिवारीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन शिक्षक महानन्द दकालले गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख १३ गते बिहीबार