बर्दिया,१३ वैशाख/ बर्दियामा यस वर्ष मकै उत्पादनमा कमि आउने देखिएको छ । बर्दियामा यस पटक हजारौँ हेक्टर जमिनमा लगाइएको मकै खेतिमा मकैको घोगा राम्रोसँग नआउने, मकै सानो तथा कम दाना भएको उत्पादन भएको किसानले बताएका छन् ।
आफूहरुले धेरै मेहनत गरेर खेतमा लगाएको मकैमा राम्रोसँग घोगामा दाना नआएका कारण आफु चिन्तामा परेको गुलरिया नगरपालिका वडा नं.१० का नरेस गोडीयाले बताए । बर्दियामा किसानले लगाएको यस सिजनको मकै भारतीय विउ ल्याएर प्रयोग गरेका कारण मकै उत्पादनमा कमि आउने बताइएको छ ।
गुलरिया नगरपालिकाअन्तर्गत कृषि शाखाका प्राविधिक सहायक नारायण न्यौपानेका अनुसार बर्दियामा यस पटक किसानले बाहिरबाट विउ ल्यायर मकै लगाएको र अहिले अधिकास मकैका बोटहरुमा नहुर्कने, हुर्के पनि मकैका घोगाा नआउने र आएपनि मकैको दान नहुने समस्या देखिएको बताए ।
बर्दियामा यतिखेर जिल्ला कृषि विकास कार्यालयबाट नुतन १०१ र विस्को ९४० नामक दुई किसिमका मकैका जात सिफारिस भएअनुसार विउ वितरण गरिएको सो विउबाट मकै राम्रो उप्पादन भएपनि अन्य जातका मकै किसानले भारतबाट खरिद गरी लगाएका कारण यस्तो समस्या देखिएको न्यौपानेले बताए । कार्यालयले सिफारिस गरेका भन्दा अन्य विउ लगाएका कारण ती किसानहरुलाई क्षतिपूर्ति दिने व्यवस्था नरहेको पनि न्यौपानेले बताए ।
अहिले भारतबाट ल्याएर लगाइएको मकैमा यो समस्या देखिएको हो । यो समस्या विशेष गरी गुलरिया नगरपालिका भित्र बढि देखिएको छ । यसैगरी, मधुवन नगरपालिका, बासगढी नगरपालिका, बढैयाताल गाउँपालिका, राजापुर नगरपालिका र बारबर्दिया नगरपालिका यो समस्या बढि देखिएको छ ।









प्रतिक्रिया दिनुहोस्