बाँसगढी,९ बैशाख/ बर्दियाको लक्ष्मणामा पाँच ओटा मूर्ति फेला परेका छन् । बाँसगढी नगरपालिका–८ लक्ष्मणा बजारको पश्चिममा रहेको तालको ढिकमा शनिबार शिव, गणेश, बुद्ध, शिवलिङ्ग र शिवको वान भएको पाँच ओटा मूर्ति फेला परिएका हुन् ।
बेवारिसे अवस्थामा फेला पारिएको मूर्ति अस्थाई प्रहरी चौकी लक्ष्मणामा राखिएको छ ।
अस्थाई प्रहरी चौकी लक्ष्मणाका प्रहरी हवल्दार प्रेम प्रसाद उपाध्यायका अनुसार मूर्तिका बारेमा ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रमुख प्रहरी निरिक्षक चक्रबहादुर डम्बर पाल र जिल्लामा पनि खबर गरी सकिएको र मुचुल्का उठाई अनुसन्धान प्रक्रिया थालिने बताए ।
मूर्तिका बारेमा बुझ्न वडाको जनप्रतिनिधि सहितिको टोली मूर्र्ति रहेकोे स्थान सम्म पुगेको वडा नम्बर ८ का वडा सदस्य प्रकाश पंगेनीले बताए ।
प्रकाशित मिति : २०७५ वैशाख ९ गते आइतबार








प्रतिक्रिया दिनुहोस्