सुशिलालाई विद्यालय पुग्न आमा साहारा



दीपक शर्मा : बर्दिया,७ बैशाख/  पढने इच्छा सानैबाट हो , साथीभाई स्कुलमा घन्टी बज्यो भने झन दौडिदै विद्यालय जाने गर्दछन्, आफू भने आमाको भर पर्नुपर्छ । आफै हिडेर जान सक्ने अवस्था छैन, अहिले सम्म कसैले ह्विलचियर समेत दिएको छैन ।

यो कुनै काल्पनिक होइन, बर्दियाको गेरुवागाउपालिका वडा नम्बर ३ लोहापुरकी १५ वर्षिय सुशिला थारुको यथार्थता हो । शारीरिक रुपमा अपाङ्ग रहेकी सुशिलालाई विद्यालय कहिले काहिँ चाडै पुग्न पाए हुन्थो भन्ने हुन्छ तर आमाले खाना पकाउने खुवाउने काम गरीसकेपछि कपडा लगाउदा ढिलो भैहाल्छ । कहिलेकाहीँ त पहिलो पिरियड समेत छुट्छ ।

सुशिलाको घरदेखि करिब १५ मिनेको दुरिमा छ सरस्वती आधारभुत विद्यालय त्यही विद्यालयमा कक्षा ७ मा पढछिन् सुशिलालाई दिनदिनै आमा छोडन जान्छिन विद्यालय । पतिराम थारु र खोज्या थारुकी छैटौँ सन्तानको रुपमा जन्मिएकी सुशिला जन्मदै दुबै हात खुटटा कमजोर थिए । अहिले पनि उनी भित्र बाहिर गर्दा बसेर यताउता जाने गर्छिन्, उमेर अनुसार उनको उचाई पनि बढेको छैन । बाहिर कतै जानु प¥र्यो भने आमाले काखमा राखेर लैजाने गरेकी छिन् ।

सुशिलाको विद्यालय नियमित हुँदैन, कहिले काहि घरको काम सकिएन भने विद्यालय जान उनी वन्चित हुन्छिन्, अनि आमा विरामी परेपछि पनि विद्यालय छुट्ने गर्दछ । उनको बुवा खेति किसानी गर्दछन् १ विघाह ६ कठठा जमिन छ त्यहि जमिनबाट उब्जाएको अन्न बालिले ६ जनाको परिवार पालिने गर्दछ । त्यहि बाँकी बचेको अन्न खाद्यान्न बेचेर औषधि खर्च, स्वास्थ्य उपचार खर्च लगायत सबै खर्च चल्ने गरेको छ ।

आर्थिक अभावकै कारण सुशिलाको कहिँकतै उपचार नगरिएको बुवा पतिराम थारुले बताए । पैसा नै छैन कसरी उपचार गर्नु र काम नगरी खान पुग्दैन । बालवच्चा पाल्नै प¥यो फेरि उपचार गरेर ठिक होला जस्तो पनि लाग्दैन उनी निराश देखिन्छन् । सुशिला अहिले शारीरिक अपाङ्ग भएका कारण मासिक रु २ हजार रुपैयाँ बुझने गरेकी छिन् । तर त्यतिले मात्रै उनलाई पुगेको छैन ।

विद्यालय समयमै पुग्ने उनको ठुलो धोको छ तर कहिलै सक्दिनन् । आवाज पनि स्पष्ट नआउने सुशिलाले सकिनसकि बोल्दै गइन् ‘एउटा ह्विलचेयर भएको भए धेरै सजिलो हुन्थ्यो तर खै कसरी किन्ने हो, बुवाले पैसा छैन भन्नुहुन्छ’ उनले थपिन ।

यतिखेर सवै विद्यार्थी भर्ना अभियानमा दौडिरहेका छन् तर विद्यालय गैरहेकाहरु मध्ये अपाङ्ग वालवालिको अवस्था के छ भनेर कसैले चासो लिएको पाइदैन । यस विषयमा गेरुवा गाउपालिका समेत अनविज्ञ रहेको छ । सुशिलाको समयमै विद्यालय पुग्ने चाहना पुरा हुन्छ वा हुदैन यसै भन्न सकिदैन ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख ७ गते शुक्रबार