कटुवा पेस्तोल सहित बाँकेमा २ जना पक्राउ



कोहलपुर,३ बैशाख/  संघीय प्रहरी ईकाई कार्यालय नेपालगञ्ज बाँकेले एक थान कटुवा पेस्तोल र लाग्ने ३ राउण्ड गोली सहित दुई जनालाई प्रक्राउ गरेको छ ।

संघीय प्रहरी ईकाई कार्यालय नेपालगञ्ज बाँकेले यही हिजो जानकी गाउँपालिका ६ मा बस्ने बर्ष ३६ का प्रमोद कुमार चमारलाई एक थान कटुवा पेस्तोल र सो मा लाग्ने ३ राउण्ड गोली सहित प्रक्राउ गरिएको संघीय प्रहरी कार्यालय नेपालगञ्जले पत्रकार सम्मेलन गरी सर्बजनिक गरेको हो ।

बिशेष सुचनाको अधारमा प्रहरी सहायक निरिक्षक राजकुमार सिंहको नेतृत्वमा गएको प्रहरी टोलीले चेक जाँचको क्रममा कोहलपुर नेपालगञ्जको सडक खण्ड अन्र्तगत मनकामना ग्याँस उद्योग नजिकैबाट भे.३ प ४३४ नम्बरको पल्सर मोटरसाईकलमा लुकाई छिपाई लग्दै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

सोध पुछ र अनुसन्धानका क्रममा प्रक्राउ परेका प्रमोद कुमार चमारले बाँके जानकी गाउँपालिका ६ बस्ने बर्ष ३३ का शोभाराम यादव बाट बैशाख २ गते नै खरिद गरि ल्याएको भनि खुल्न गएकोले शोभाराम यादबलाई यही बैशाख ३ गते बिहान ७ बजे पक्रउ गरि अवस्यक कार्वाहीका लागि अनुसन्धान अगाडी बढाएको प्रहरी नायब उपरिक्षक प्रदिप कुमार सिंहले जानकारी गराउनु भयो ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख ३ गते सोमबार