मनाइयो झन्डा दिवस



नेपालगन्ज,२ बैशाख/  अन्तरालको व्यवस्थापनमा नेपालगन्जमा राष्ट्रिय झण्डा दिवस मनाइएको छ । तीन वर्ष अगाडिदेखि वैशाख १ गते नेपालगन्जमा विभिन्न संघसंगठन तथा नागरिक अगुवा संगठनहरुको स्वस्फूर्त आयोजनामा राष्ट्रिय झण्डा दिवस मनाउने गरिएको हो ।

नेपालगन्जको रामलिला मैदानमा विषेश कार्यक्रममा आयोजना गरीयो । अन्तरालका कार्यकारी निर्देशक तथा कार्यक्रमका परिकल्पनाकार जयनारायण शाहले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

नमस्कार शाहले सहजिकरण गरेको सो कार्यक्रममा बाँके निर्वाचन क्षेत्र (ख) बाट प्रदेश सभा सदस्यमा निर्वा्चित सुरेन्द्र हमाल, नेपालगन्ज उप महानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा, उप–मेयर उमा थापामगर, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, धम्बोझि माविका प्रअ किरण आचार्य, कलाकार श्यामानन्द सिंहलगायतले झण्डा दिवसको महत्वको बारेमा बोले ।

सो अवसरमा विभिन्न कलाकारको सांस्कृतिक प्रस्तुतिमा प्रदेश सभा सदस्य हमाल, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. राणा, उप–मेयर थापामगर, बाँकेका प्रमुख जिल्ला अधिकारी केसीलगायत उमंगका साथ नाचेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख २ गते आइतबार