कोहलपुर,२ बैशाख/ नेपालगन्जमास्थित निलसागर बृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुका लागि शनिबार खाद्यान्न वितरण गरिएको छ ।
सिद्धान्त अनुसन्धान महाविद्यालय (डब्लू कार्प) तथा तङ इल मोदो संघ कोहलपुरको सहयोग र सहकार्यमा उनीहरुलाई खाद्यान्न वितरण गरिएको हो ।
डब्लू कार्पका प्रशिक्षक तथा विद्यार्थी, तङ इल मोदो संघका सदस्यहरुको टोलीले सयूक्त रुपमा सो बृदाश्रमका अध्यक्ष सरिता खनाललाई चामल ३ बोरा, दाल ५ केजी, चाउचाउ २ कार्टुन लगायतका खाद्य सामग्रीहरु वितरण गरेको डब्लू कार्प कोहलपुरकी विद्यार्थी दिपा रानाले जानकारी दिइन् ।
विश्व शान्तिका लागि कोही पनि भोको नरहँुन्, कसैलाई पनि दुःख, कष्ट नपरो भन्ने डब्लू कार्प मुख्य उद्देश्य रहेको छ । वृद्धवृद्धाहरुलाई खाद्यान्न वितरण कार्यक्रममा तङ इल मोदोकी प्रशिक्षक दिपा पुरी, भगत बहादुर धनुक, वरिष्ठ पत्रकार पूर्णलाल चुके, विद्यार्थीहरु असोक घिसिङ, सुप्रिया थिङ्ग, मिना तामाङ, दिपा राना लगायतको रहभागिता रहेको थियो ।
यस्तै शनिबार नै मोडर्न आटर्स ग्रुप कोहलपुरले पनि सोही वृदाश्रमका वृद्धवृद्धाहरुलाई फलफूल वितरण गरेको छ । मोडर्न आटर्सले वृद्धवृद्धाहरुलाई फलफूल, पानी, जुस लगायत वितरण गरेको हो ।
विभिन्न सामाजिक सेवा गर्दे आएको संस्थाले शनिबार पनि नेपालगन्जमा रहेको निलसागर बृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुका लागि फलफूल वितरण गरेको संस्थाकी अध्यक्ष एकता बुढाले बताइन् ।









प्रतिक्रिया दिनुहोस्