बृहत् उत्पे्ररणामूलक कार्यक्रम



कोहलपुर,२ बैशाख/    कोहलपुरमा नयाँ वर्षको अवसरमा बृहत उत्पेरणामूलक कार्यक्रम गरिएकोे छ । ‘युवा क्रियाशिलता, हाम्रो अभियान’ भन्ने मुल नाराका साथ उत्प्रेरणामूलक कार्यक्रम आयोजना गरिएको हो ।

ओएसिस् मल्टिपल एजुकेशनल ईन्स्टिच्यूट प्रा.लिको आयोजनामा भएको कार्यक्रममा उत्पेरक डा. तारा प्रसाद गिरीले नेपाली युवाहरु देश विकासमा लाग्नुपर्नेमा जोड दिए ।

साथै उनले सकरात्मक सोचको विकास भए मात्र परिवर्तन सम्भव भएको बताउँदै युवाविद्यार्थीहरुलाई सकरात्मक सोचको विकास गर्नुपर्नेमा जोड दिए ।
‘हामी विदेशमा गएर अर्काको देश बनाउँछौं तर त्यहि संघर्ष नेपालमा गर्न सकेका छैनौं’ उनले भने ‘देशमै केही गरी जीवनलाई खुसी बनाउनुपर्छ, विश्व परिवेशअनुसार नेपाली युवाहरु जाग्नुपर्छ ।’

साथै देशको राजनीतिक अवस्थाले यूवाहरुमा निराशको वातावरण सिर्जना गरेको भन्दै देशमा राजनीतिक स्थिरता भएको खण्डमा मुलुकमा केहि परिर्वतन हुने बताए ।

कार्यक्रममा बोल्दै ओएसिस् मल्टिपल एजुकेशनल ईन्स्टिच्यूट प्रा.लिका व्यवस्थापक ईन्द्रमणि ढुङ्गनाले युवा तथा विद्यार्थीहरुलाई कुनै पनि कार्य गर्नका लागि सकरात्मक उर्जाको आवश्यकता रहेकोमा जोड दिए ।

त्यस्तै व्यवस्थापक ढुङ्गनाले ‘धुर्मुश सुन्तलि फाउन्डेशनलाई सहयोग गर्न जागौं’ बाँके अभियान सञ्चालन गर्ने र केहि समय पछि ओसिस् यूवा क्लबको स्थापना गरी कोहलपुर क्षेत्रमा विभिन्न सामाजिक काम गर्ने लक्ष्य लिइएको बताए ।

पछिल्लो सयममा ओएसिस् मल्टिपल एजुकेशनल ईन्स्टिच्यूट प्रा.लिका व्यवस्थापक ढुङ्गनाले यस क्षेत्रका यूवाहरुलाई सकरात्मक सोचको विकास गर्नका लागि विभिन्न उत्प्रेरणात्मक कार्यहरु गर्दै आएका
छन् । कार्यक्रममा तीन सय युवाहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख २ गते आइतबार