बाल संरक्षण समितिलाई एक/एक लाख सहयोग



नेपालगञ्ज,२९ चैत/ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ र १३ का बाल संरक्षण समितिलाई रु एक ÷एक लाख सहयोग उपलव्ध गराइएको छ ।

विद्यालय जानवाट बन्चित त्यस वडाका बालबालिकालाई यो वर्ष विद्यालय भर्ना गराउन प्रोत्साहन स्वरुप सो सहयोग उपलव्ध गराइएको हो ।

सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबले आज एक कार्यक्रमका विच सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

क्लबका अध्यक्ष प्रबेज अली सिद्दिकीले वडा बाल संरक्षण समिति वडा नं. १२ का संयोजक रामु चिडीमार र वडा नं. १३ का संयोजक गोविन्द शर्मालाई सो चेक हस्तान्तरण गर्दै यो रकमले आयआर्जनमा सहयोग पुग्ने बताए ।

उनले गरिब अभिभावकले आर्थिक अभावमा आफ्ना बालबालिकालाई विद्यालय नपठाएकाले यो सहयोग कोषले अभिभावकको आयआर्जनमा बृद्धि भई बालबालिकालाई शिक्षा दिने कार्यमा उत्प्रेरणा प्रदान हुने बताए ।

वडा नं. १२ मा ७१ र वडा नंं. १३ मा ३४ जना बालबालिकाहरु विद्यालय नगएको तथ्याक रहेको छ । ती बालबालिकाहरुलाई यस वर्ष विद्यालय भर्ना गराउने लक्ष्य लिएको छ ।

यही बैशाखदेखि शुरु हुने विद्यालय भर्ना अभियानलाई सहयोग पुरयाउने उद्देश्यले आर्थिक घुम्तीकोषको सहयोग उपलब्ध गराइएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २९ गते बिहीबार