कोहलपुर,२८ चैत/ नेपाल गोल्डेन आईडल सिजन–५ का बिजेता पुजन गुरुङ्गलाई कोहलपुरमा सम्मान गरिएको छ ।
उनकै गृहनगर कोहलपुरमा गोल्डेन आईडल सिजन–५का बिजेता बन्न सफल गुरुङ्गलाई कोहलपुरस्थित ग्रिनपिस माविमा बुधबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो ।
चैत २६ गते पोखरामा सम्पन्न भएको सो गायन प्रतियोगितामा बाँके कोहपुर निवासी पुजन गुरुङ्ग बिजयी हुन सफल भएका थिए ।
प्रतियोगितामा बिजेता बन्न सफल गुरुङ्गलाई उनी अध्ययनरत विद्यालय ग्रिन पिस माविले बुधबार एक औपचारीक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
उनले सो गायन प्रतियोगितामा नगद ३ लाख जित्न सफल भएका थिए । बिजेता गुरुङ्गलाई भोलि बिहीबार बिहान ११ बजे कोहलपुर नगर परिक्रमा गराउने पनि उनका शुभचिन्तक एबं आफन्त जनले बताएका छन ।
सम्मान कार्यक्रममा बोल्दै गुरुङ्गले आफुलाई यस स्थान सम्म पुर्याउन सहयोग गर्ने सम्पुर्णलाई धन्यबाद समेत ब्यक्त गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्