ग्रामीण क्षेत्रमा भ्रष्टाचार नियन्त्रण अभियान सुरु



कोहलपुर,२८ चैत/   बाँकेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सूचना अधिकारका अभियन्तासँगै ग्रामिण क्षेत्रमा भ्रष्टाचार नियन्त्रण र शुसाशन कायम गर्न अभियान सुरु गरेको छ ।

अभियान अन्र्तगत अख्तियार कोहलपुर र सूचना अधिकार समूह कोहलपुरले राप्तीसोनारी गाउँपालिकामा एक दिने सूचनाको हक तथा भ्रष्टाचार न्यूनिकरण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठीमा राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नोखिराम वलीले मुलुकमै सूचनामैत्री र सुशासनयुक्त नमूना गाउँपालिकाको रुपमा राप्तीसोनारीलाई विकास गर्न प्रतिवद्वता जाहेर गरेका छन्् ।

गाउँपालिका अध्यक्ष थारुले भने–‘स्थानीय निर्वाचन पश्चात चुनिएका जनप्रतिनिधिहरु अहिले पनि सिकाइकै अभ्यासमा रहेको हुँदा यस्ता कार्यशाला गोष्ठीहरुले आपूmहरुको क्षमता अभिवृद्विमा सघाउ पुग्ने छ, यस्ता कार्यक्रमहरुले निरन्तरता पाउनुपर्छ ।’

उनले राप्तीसोनारी गाउँपालिका भौगोलिक रुपमा ठुलो भएपनि पूर्वाधार सडक विस्तारले जिल्लामै दुर्गम क्षेत्रको रुपमा परिचय पाउँदा दुःख व्यक्त गरे । गाउँपालिका अन्र्तगत हुने सबै प्रकारका कार्यसम्पादनलाई चुस्त दुरुस्त पार्दै सूचनाको हक सम्बन्धी ऐन २०६४ लाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो ।

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नोखिराम वलीले कर्मचारीबाट हुने सबै प्रकारका कार्यसम्पादनलाई सूचनामैत्री बनाउने प्रतिवद्वता व्यक्त गरेका थिए । उनले कर्मचारीहरुबाट हुने सबै प्रकारका कार्यसम्पादन तथा सेवा प्रवाहलाई पारदर्शी रुपमा अवलम्बन गर्न आपूm मातहतका कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी उपरीक्षक ईश्वर कार्कीले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्वनमा सम्बन्धी स्थानीय तहका प्रतिनिधिहरुसँग आफ्नो अन्तरक्रियात्मक प्रस्तुतीकरण दिएका थिए ।

उनको प्रस्तुतिमा बाँके जिल्लामा सरकारी तथा सामाजिक पद धारण गरेका व्यक्ति तथा निकायहरुमा अख्तियार दुरुपयोग सम्बन्धी परेका निवेदनहरुबारे प्रकाश पारेका थिए । राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका अन्र्तगत आयोगको कार्यालय कोहलपुरमा परेका उजुरीबारे पनि जनप्रतिनिधीहरुलाई जानकारी गराएका थिए ।

अख्तियार कोहलपुरका प्रमुख कार्कीको प्रस्तुती पछि सहभागि जनप्रतिनिधीहरुका तर्फबाट गाउँपालिका अध्यक्ष थारुले राप्ती सोनारीलाई भ्रष्टाचारमुक्त नमूना गाउँपालिका स्थापना गर्न प्रतिवद्व रहेको बताएका थिए ।

कार्यक्रममा सूचना अधिकारका अभियन्ता तथा नेपाल पत्रकार महासंघ बाँके शाखाका पूर्व अध्यक्ष शुक्रऋषी चौलागाईले बाँके जिल्लामा सूचनाको हक सम्बन्धी ऐन २०६४ को कार्यान्वयन अवस्थाबारे प्रकाश पारेका थिए ।

पत्रकार महासंघ बाँके शाखा उपाध्यक्ष प्रदिप वाग्ले, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका जनसम्पर्क अधिकृत यम बहादुर खड्का, सूचना अधिकार समूह कोहलपुरका सल्लाहकार तथा पत्रकार भिम रावतले सूचनाको हक सम्बन्धी ऐन २०६४ लाई हरेक निकायले कार्यान्वयन गर्न विशेष भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम सूचना अधिकार समूह कोहलपुरका संयोजक जय सिंह के.सीको सभापतित्व एवम् समूहका सचिव निर्मल आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २८ गते बुधबार