नेपालगन्ज,२८ चैत/ माईती नेपाल नेपालगन्जले बेश्यालयमा छापामारेर पांच जना नेपाली चेलीको भारतको आगराबाट उद्धार गरेको छ ।
केही समय अघि उनीहरुको उद्धार गरिएको नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले जानकारी दिए ।
उनीहरु कोही दुई वर्ष त कोही पा“च वर्षअघि कोठीमा पु¥याईएको पाइएको कोइरालाले बताए ।
उनका अनुसार उनीहरु १७ देखि २२ वर्षमुनीका रहेका छन् । उद्धार गरिएका युवतीहरु अहिले आगरास्थित भारतीय महिला सेलमा रहेका छन् ।
स्थानीय अदालतमा कोठी सन्चालिका बिरुद्ध मुद्दा परेकाले युवतीहरुलाई बयानका लागि भारतमै राखिएको हो ।
माईती नेपालका संयोजक कोइरालाका अनुसार पा“च जना मध्ये चार जना युवतीहरु आफ्नो प्रेमिकाको ललाईफकाईमा परेर बेचिएका हुन । अर्की एक जना भने आफ्नै नातेदार महिलाबाट बेचिएको पाइएको छ ।
उनीहरु सिन्धुपाल्चोक, नुवाकोट लगायत जिल्लाका रहेका छन् । ‘कलिलै उमेरमा आफन्तबाटै नेपाली चेलीहरु भारतमा बेचिन्छन भन्ने कुरा यो घटनाले पुष्टि गरेको छ ।’— कोइरालाले भने ।
निकै जोखिम मोलेर युवतीहरुको उद्धार गरिएको माइती नेपालले जनाएको छ । कोठी सन्चालिकासंग स्थानीय प्रहरीको समेत मिलोमतो हुने भएकाले माथिल्लो निकायमा पहुच बनाएर मात्र उद्धार हुंदै आएको कोइरालाले बताए ।








प्रतिक्रिया दिनुहोस्