कोहलपुर,२७ चैत/ बाँके कोहलपुरमा विद्युतीय सुरक्षा दिवसको अवसरमा प्रभातफेरी तथा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले ‘विद्युतीय सुरक्षा चुहावट नियन्त्रण र किफायती उपयोग देशको समृद्विमा सहयोग’ भन्ने मुल नाराका साथ विद्युतीय सुरक्षा दिवस मनाइएको छ ।
‘विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी र ग्राहकले संयुक्त रुपमा विद्युत चोरी दण्डनीय अपराध हो, विद्युत चोरी गर्नेलाई सामाजिक बहिष्कार गरौँ, विद्युत चोरी नगरौँ–दुर्घटनाबाट बचौँ, विद्युत चोरी भेटेमा विद्युत कार्यालयमा खबर गरौँ’ जस्ता नारा लेखिएका प्ले कार्ड सहितको प्रभातफेरी ¥याली कोहलपुर न्यूरोड हुँदै मुख्य बजार परिक्रमा गरी विद्युत प्राधिकरण कोहलपुर शाखा कार्यालयमा पुगेर अन्तत्र्रिmया कार्यक्रम गरिएको थियो ।
अन्तत्र्रिmया कार्यक्रममा नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रका प्रमुख जगतनाथ लामिछानेले यस वितरण केन्द्रले पु¥याउनु पर्ने सेवामा कुनै ढिलाइ नगरेको, ग्राहकका समस्या र मागलाई यथासक्य छिटो सम्बोधन गरेको जानकारी गराएका छन् ।
विद्युत चोरीका घटनाहरुलाई नियन्त्रण गर्नका लागि सबैको साथ र सहयोगको अपेक्षा गरिएको बताए । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकामा शाखा अधिकृत हरि बहादुर वलीले जनताको माग अनुसारको विद्युत उपलब्ध गराउनुपर्नेमा जोडदिँदै विद्यूतमा हुने गरेका चुहावटलाई नियन्त्रणका गर्न आवश्यक रहेको बताए ।
अन्र्तक्रिया कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले विद्युत चुहावट रोक्नका लागि आम नागरिक सचेत हुनुपर्नेमा जोड दिँदै विद्युत चोरीले विभिन्न प्रकारका घटनाहरु हुने भएकाले चोरी नियन्त्रणका लागि राज्यले विशेष नीति लिन आवश्यक रहेको बताए ।
साथै उनले ग्राहक वर्गले समयमै मिटर पाउन नसकेको अवस्था रहेको भन्दै समयमै विद्युतको मिटर बक्स उपलब्ध गराउन अनुरोध गरेका थिए ।
कार्यक्रममा बोल्दै कोहलपुर ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निराञ्जन घिमिरेले विद्युत चोरी गर्ने सामाजिक अपराध भएकाले विद्युत चोरी नियन्त्रण गर्नका लागि प्रहरी संधै तयार रहेको बताए ।
्त्यस अघि भएको प्रभातफेरी ¥यालीमा विद्युत कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, विद्यार्थी र संघसंस्थाहरुको सहभागिता रहेको थियो ।








प्रतिक्रिया दिनुहोस्